दफा ११
अध्यक्षको सेवा, शर्त र अन्य व्यवस्था
(१) अध्यक्ष प्राधिकरणको पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(२) अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछन् ।
(३) कुनै व्यक्ति अध्यक्षमा नियुक्त भएपछि निजलाई मर्का पर्ने गरी निजको पारिश्रमिक सुविधा तथा सेवाका अन्य शर्तहरू बदलिने छैन ।
(४) प्राधिकरणको बैठकमा भाग लिए बापत सदस्यले तोकिए बमोजिम बैठक भत्ता पाउनेछ ।