दफा २६
अध्यक्ष
(१) दफा ७ को उपदफा (१०) बमोजिम विश्वविद्यालय परिषद्को अध्यक्षको छनोट हुनेछ।
(२) अध्यक्ष विश्वविद्यालयको प्रमुख र विश्वविद्यालय परिषद्को अध्यक्ष हुनेछ।
(३) अध्यक्षले विश्वविद्यालयको दीक्षान्त समारोहमा अध्यक्षता गर्नेछ।
(४) अध्यक्षले आवश्यकता अनुसार विश्वविद्यालयको निरीक्षण र आवश्यक निर्देशन दिन सक्नेछ।
(५) अध्यक्षको पदावधि चार वर्षको हुनेछ र निजको पदावधि गणना गर्दा विश्वविद्यालय परिषद्को सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिनेछ ।
(६) अध्यक्षको सेवा सुविधा तोकिए बमोजिम हुनेछ।