दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) “अध्यक्ष” भन्नाले दफा ७ को उपदफा (१०) बमोजिम छनोट भएको विश्वविद्यालय परिषद्को अध्यक्ष सम्झनु पर्छ।
(ख) “अनुसन्धान केन्द्र” भन्नाले दफा २४ बमोजिमको अनुसन्धान केन्द्र सम्झनु पर्छ।
(ख१) . “उपकुलपति” भन्नाले दफा २७ बमोजिमको उपकुलपति सम्झनु पर्छ।
(ग) “कलेज” भन्नाले विश्वविद्यालयको आङ्गिक कलेज वा सामुदायिक आङ्गिक कलेज सम्झनु पर्छ।
(घ) “कार्यकारी परिषद्‌” भन्नाले दफा १३ बमोजिमको कार्यकारी परिषद्‌ सम्झनु पर्छ।
(ङ) ........
(च) "केन्द्रीय विभाग" भन्नाले दफा ३८ को उपदफा (१) बमोजिमको विभाग सम्झनु पर्छ।
(छ) “डीन” भन्नाले स्कूलको प्रमुख सम्झनु पर्छ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(झ) “निर्देशक” भन्नाले दफा ३८ को उपदफा (२) वा (३) बमोजिमको निर्देशक सम्झनु पर्छ।
(ज) “पदाधिकारी” भन्नाले दफा ६ बमोजिमको पदाधिकारी सम्झनु पर्छ।
(ट) “प्राज्ञिक परिषद्‌” भन्नाले दफा १५ बमोजिमको प्राज्ञिक परिषद्‌ सम्झनु पर्छ।
(५) “मन्त्रालय” भन्नाले नेपाल सरकारको शिक्षा सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(ड) “विद्या परिषद्‌” भन्नाले दफा १८ बमोजिमको विद्या परिषद्‌ सम्झनु पर्छ।
(ढ) “विश्वविद्यालय” भन्नाले दफा ३ बमोजिम स्थापना भएको योगमाया आयुर्वेद विश्वविद्यालय सम्झनु पर्छ।
(ण) “विश्वविद्यालय परिषद्‌” भन्नाले दफा ७ बमोजिमको विश्वविद्यालय परिषद्‌ सम्झनु पर्छ।
(त) “शिक्षक” भन्नाले विश्वविद्यालयमा शिक्षा प्रदान गर्ने वा अनुसन्धान गर्ने वा गराउने प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक तथा सहायक प्राध्यापक सम्झनु पर्छ र्‌ सो शब्दले विश्वविद्यालयका विभिन्न तहका प्रशिक्षकलाई समेत जनाउँछ।
(थ) “शिक्षण अस्पताल” भन्नाले दफा २३ बमोजिम स्थापना भएको शिक्षण अस्पताल सम्झनु पर्छ।
(द) “स्कूल” भन्नाले दफा १७ बमोजिम स्थापना भएको विश्वविद्यालयको विधागत संकाय वा अध्ययन संस्थान सम्झनु पर्छ।