दफा १२
अध्यक्ष
(१) विश्वविद्यालयको कार्यकारी प्रमुखको हैसियतमा कार्य सम्पादन गर्न विश्वविधालयमा एक जना अध्यक्ष रहनेछ ।
(२) यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र संरक्षक समितिले दफा १३ बमोजिमको प्रक्रिया पूरा गरी अध्यक्ष नियुक्त गर्नेछ ।
(३) उपदफा (२) बमोजिम अध्यक्ष नियुक्ति नभएसम्मका लागि यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार तयारी विकास समितिको अध्यक्षले विश्वविद्यालयको अध्यक्ष भई कार्य सम्पादन गर्नेछ ।
(४) अध्यक्षको पदावधि चार बर्षको हुनेछ र निज अर्को एक कार्यकालको लागि नियुक्त हुन सक्नेछ ।
(५) अध्यक्षको योग्यता, पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछन् ।