नियम ८८
अध्यादेश पेश गर्ने
(१) संविधानको धारा ११४ बमोजिम जारी भएको अध्यादेश जारी भएपछि आव्हान भएको सदनको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेश गर्नेछ । (२) उपनियम (१) बमोजिम अध्यादेश पेश गर्दा त्यस्तो अध्यादेश जारी गर्नु परेको परिस्थिति र कारण समेतको विवरण संलग्न गर्नु पर्नेछ । (३) उपनियम (१) बमोजिम सदनमा पेश गरिने अध्यादेश सदनमा पेश गर्नु भन्दा कम्तीमा एक दिन अगावै सम्बन्धित मन्त्रीले सोको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनु पर्नेछ ।