नियम ११
अनादर भएको व्यहोरा जनाउने
(१) ऐनको दफा ७१ बमोजिम भुक्तानी दिन इन्कार गरी वा स्वीकार नगरी विनिमेय अधिकारपत्र अनादर भएको व्यहोरा लेख्य प्रमाणकद्वारा जनाउन लगाउन चाहेमा धारकले सम्बन्धित विनिमेय अधिकारपत्र र तत्सम्बन्धी कुनै कागजात भए सो समेत संलग्न गरी मनासिब समयभित्र लेख्य प्रमाणक समक्ष उजूर गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम उजूर प्राप्त भएपछि लेख्य प्रमाणकले सम्बन्धित विनिमेय अधिकारपत्र वा त्यससाथ संलग्न कागजातमा अनसुची–२ बमोजिमको ढाँचामा अनादर भएको व्यहोरा जनाई दिनु पर्नेछ । त्यस्तो व्यहोरा लेख्य दर्ता किताबमा पनि जनाई सहीछाप गरी राख्नु पर्नेछ ।