१. नियम ११ बमोजिम अनादर भएको व्यहोरा जनाई सकेपछि ऐनको दफा ७२ बमोजिम कुनै धारकले विनिमेय अधिकारपत्र
अनादर भएको व्यहोरा प्रमाणित गरी लिन चाहेमा सम्बन्धित विनिमेय अधिकारपत्र र तत्सम्बन्धी कुनै कागजपत्र भए सो समेत संलग्न गरी लेख्य प्रमाणक समक्ष उजूर गर्नु पर्नेछ ।
२. उपनियम १ बमोजिम उजूरी प्राप्त भएपछि लेख्य प्रमाणकले लेख्य दर्ता किताबमा दर्ता गरी सम्बन्धित विनिमेय अधिकारपत्र वा त्यसको प्रतिलिपि आफैं वा आप्mनो कर्मचारीद्वारा वा रजिष्ट्रीपत्रद्वारा भुक्तानी वा स्वीकृतिको लागि भुक्तानीकर्ता ड्रयी समक्ष प्रस्तुत गर्नु पर्नेछ ।
९३० उपनियम ९२० बमोजिम भुक्तानीकर्ता समक्ष विनिमेय अधिकारपत्र प्रस्तुत गरेपछि भुक्तानीकर्ता जे जस्तो जवाफ दिन्छ सोही व्यहोरा वा मनासिब समयभित्र कुनै जवाफ नदिएमा जवाफ नदिएको व्यहोरा उल्लेख गरी लेख्य प्रमाणकले धारकलाई अनुसूची–३ को फाराम नं। १, २, ३ वा ४ बमोजिमको ढा“चामा अनादर भएको व्यहोरा प्रमाणित गरी दिनु पर्नेछ र त्यसको एक प्रति लेख्य दर्ता किताबको सम्बन्धित पानामा संलग्न गरी राख्नु पर्नेछ ।