दफा
अनिवार्य क्षेत्र परित्याग
: (१) ठेकेदारले प्राथमिक अन्वेषण अवधिको अन्त्यसम्ममा उत्पादन क्षेत्रमा पर्ने क्षेत्र बाहेक शुरु करार क्षेत्रको कम्तिमा पचास (५०) प्रतिशत क्षेत्र परित्याग गर्नेछ ।
(२) ठेकेदारले पहिलो पटक थप भएको अन्वेषण अवधिको अन्त्यसम्ममा उत्पादन क्षेत्रमा पर्ने क्षेत्र बाहेक शुरु करार क्षेत्रको कम्तिमा पच्चीस (२५) प्रतिशत क्षेत्र परित्याग गर्नेछ ।
(३) दफा ५ को अधीनमा रही ठेकेदारले अन्वेषण अवधिको अन्त्यसम्ममा उत्पादन क्षेत्रमा नपरेको शुरु करार क्षेत्रको बाँकी सबै क्षेत्र परित्याग गर्नेछ ।