नियम १६
अनुगमन गर्न सक्ने
(१) संघको लेखा तथा काम कारबाहीको सम्बन्धमा मन्त्रालयले अनुगमन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुगमन गर्दा संघको काम कारबाहीमा कुनै सुधार गर्न आवश्यक देखिएमा मन्त्रालयले आवश्यक निर्देशन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दिइएको निर्देशनको पालना गर्नु संघको कर्तव्य हुनेछ ।