नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ सम्झनु पर्छ ।
(ख) “नियोग” भन्नाले विदेशमा रहेका नेपाली राजदूतावास सम्झनु पर्छ र सो शब्दले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग वा विदेशमा रहेका नेपाली महावाणिज्य दूतावास समेतलाई जनाउनेछ ।
(ग) “नियोग प्रमुख” भन्नाले नियोगमा प्रमुख भई काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले निजको अनुपस्थितिमा निजको कार्य गर्न तोकिएको कर्मचारी समेतलाई जनाउनेछ ।
(घ) “मन्त्रालय” भन्नाले परराष्ट्र मन्त्रालय सम्झनु पर्छ ।
(ङ) “सचिव” भन्नाले मन्त्रालयको सचिव सम्झनु पर्छ ।
(च) “संघ” भन्नाले नियम १२ बमोजिम दर्ता भएको गैर आवासीय नेपाली संघ सम्झनु पर्छ ।
(छ) “विधान” भन्नाले संघको विधान सम्झनु पर्छ ।