नियम ३८
अनुगमन गर्ने

(१) जिल्ला विकास समितिले साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र प्राप्त व्यक्तिबाट खनिज कार्य गर्दा ऐन र यस नियमावली तथा अन्य प्रचलित कानूनको पालना भए वा नभएको सम्बन्धमा अनुगमन गर्नेछ । यसरी अनुगमन गर्दा जिल्ला विकास समितिले त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक निर्देशन दिन, खनिज कार्य रोक्का राख्न र साधारण निर्माणमुखी खनिज कार्यको अनुमतिपत्र खारेज गर्न सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि जिल्ला विकास समितिले खनिज कार्य रोक्का गर्दा वा साधारण निर्माणमुखी खनिज कार्यको अनुमतिपत्र खारेज गर्दा समिति र विभागको सिफारिश लिनु पर्नेछ ।
(३) विभागले अनुमतिपत्र दिने सम्बन्धमा सहमति प्रदान गर्दा उल्लेख गरेका शर्त बन्देजहरु अनुरुप खनिजकार्य गरेको नपाइएमा सम्बन्धित जिल्ला विकास समितिलाई त्यस्तो खनिजकार्य रोक्का राख्न वा अनुमतिपत्र खारेज गर्न आवश्यक निर्देशन जारी गर्न सक्नेछ ।