नियम ७
अनुगमन गर्ने
(१) केन्द्रले सरकारी कार्यालय र सार्वजनिक संस्थाको देहायका विषयमा नियमित अनुगमन गर्ने वा गराउनेछः –
(क) आर्थिक, प्रशासनिक तथा प्राविधिक कामको सम्पादन,
(ख) जनतालाई पु¥याउनु पर्ने सेवा, सुविधा कानून बमोजिम भए वा नभएको,
(ग) नेपाल सरकारले भ्रष्टाचारका विरुद्धमा समय समयमा जारी गरेका रणनीति, कार्यनीति, कार्यक्रमको कार्यान्वयन भए वा नभएको विषय,
(घ) सम्पादन हुने काममा ढिलासुस्ती वा अनियमितता भए वा नभएको,
(ङ) त्यस्ता कार्यालय वा संस्थाबाट प्रदान हुने सेवा, सुविधा र सोसँग सम्बन्धित अन्य विषय ।
(२) केन्द्रले उपनियम (१) बमोजिमको अनुगमन नियम ३ बमोजिम संकलित सूचना वा नियम ४ बमोजिम प्राप्त उजुरीको आधारमा समेत गर्न गराउन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम अनुगमन गर्दा कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुनु पर्ने काम नियमित तरिकाले भएको नदेखिएमा केन्द्रले छिटो, छरितो र प्रभावकारी किसिमबाट काम सम्पादन गर्नको लागि त्यस्तो सरकारी कार्यालय वा सार्वजनिक संस्थालाई आवश्यक सुझाव वा निर्देशन दिन सक्नेछ ।