दफा ३७
अनुगमन तथा निरीक्षण
(१) आयोगले वार्षिक कार्ययोजना बनाई देहायका विषयमा अनुगमन तथा निरीक्षण गर्नेछ:-

(क) संवैधानिक निकाय वा नेपाल सरकारका विभिन्न मन्त्रालय, सचिवालय, विभाग, कार्यालयले नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा संविधान तथा प्रचलित कानून र आयोगले दिएको परामर्श पालना गरेको वा नगरेको, (ख) सुरक्षा निकाय र अन्य सङ्घीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा आयोगले दिएको परामर्श पालना भए नभएको,

(ग) सङ्गठित संस्थाको कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून बनाउँदा, तथा: त्यस्तो सेवाका पदमा बढुवा गर्दा र कर्मचारीलाई विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा आयोगले दिएको परामर्श पालना भए नभएको ।

(२) उपदफा (१) बमोजिम: आयोगले अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि आयोग वा नेपाल सरकारका अधिकृतस्तरका कर्मचारीलाई खटाउन सक्नेछ ।