दफा २
परिभाषा
विषय वा प्रसङगले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “अख्तियारवाला” भन्नाले कानून बमोजिम कुनै पदमा नियुक्ति गर्न वा विभागीय सजाय गर्न अख्तियारप्राप्त अधिकारी सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले, आयोगको अध्यक्ष सम्झनु पर्छ।
(ग) “अन्य सङ्घीय सरकारी सेवा” भन्नाले सङ्घीय निजामती सेवा र सुरक्षा निकायको पद बाहेकको सङ्घीय कानूनद्वारा गठन भएको नेपाल सरकारको अन्य सेवा सम्झनु पर्छ ।
(घ) “आयोग” -भन्नाले संविधानको धारा २४२ बमोजिमको लोक सेवा आयोग सम्झनु पर्छ ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(च) _ “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ।
(छ) “सङ्गठित संस्था” भन्नाले विश्वविद्यालय र शिक्षक सेवा आयोग बाहेकका पचास प्रतिशत वा सोभन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्थान, कम्पनी, बैङ्ग, समिति वा सङ्घीय कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य सङ्गठित संस्था सम्झनु पर्छ । (ज) “सङ्घीय निजामती सेवाको पद” भन्नाले सुरक्षा निकायको कर्मचारीको सेवाको पद वा निजामती सेवाको पद होइन भनी ऐनद्वारा तोकिएको अन्य सङ्घीय सरकारी सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ ।
(झ) “सदस्य” भन्नाले आयोगको संदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्षलाई समेत जनाउँछ ।
(ञ) “सामान्य सिद्धान्त” भन्नाले संविधानको धारा २४३ को उपधारा (३) र (४) बमोजिम परामर्श प्रदान गर्ने प्रयोजनका लागि आयोगले जारी गरेको सामान्य सिद्धान्त सम्झनु पर्छ ।
(ट) “सुरक्षा निकाय”. भन्नाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र. प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग सम्झनु पर्छ ।