नियम १३
अनुगमन तथा मूल्याङ्कन
(१) प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्ने प्रभावको अनुगमन तथा मूल्याङ्कन सम्बन्धित निकायले गर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुगमन तथा मूल्याङ्कन गर्दा प्रस्ताव स्वीकृत हुँदा तोकिएको शर्तमा उल्लेख गरिएका प्रभाव भन्दा बढी प्रभाव परेको देखिएमा सम्बन्धित निकायले त्यस्ता प्रभावहरू हटाउन वा हटाउने उपायहरू अवलम्बन गर्न प्रस्तावकलाई आवश्यक निर्देशन दिनेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित प्रस्तावकको कर्तव्य हुनेछ ।
(३) उपनियम (२) बमोजिम प्रस्तावकलाई दिएको निर्देशनको जानकारी सम्बन्धित निकायले मन्त्रालयलाई दिनु पर्नेछ ।