नियम २६
अनुगमन तथा मूल्याड्ढन समिति
२६. अनुगमन तथा मूल्याड्ढन समिति
(१) ऐनको दफा ३८ को उपदफा (१) को प्रयोजनको लागि देहाय बमोजिमको केन्द्रीय अनुगमन तथा मूल्याड्ढन समिति रहनेछः–
(क) मुख्य सचिव, नेपाल सरकार कार्यालय –संयोजक
(ख) सचिव, गृह मन्त्रालय – सदस्य
(ग) सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग –सदस्य
(घ) सचिव, अर्थ मन्त्रालय –सदस्य
(ङ) सचिव, सामान्य प्रशासन मन्त्रालय –सदस्य
(च) सचिव, राष्ट्रिय योजना आयोग –सदस्य
(छ) प्रमुख, राष्ट्रिय सतर्कता केन्द्र –सदस्य
(ज) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय(विकास व्यवस्थापन क्षेत्र) –सदस्य–सचिव
(२) समितिको बैठकमा आवश्यकता अनुसार अन्य सम्बद्ध पदाधिकारी तथा विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(३) समितिले आफ्नो कार्यविधि आफै बनाई लागू गर्नेछ ।