दफा ६
अनुदान र ऋण लिने अधिकार
: साधारण सभाको व्यवस्था भएपछि सो सभाको स्वीकृति लिई र साधारण सभाको व्यवस्था नभएसम्म नेपाल सरकारको स्वीकृति लिई संस्थानले आफ्नोे चालूपूँजी बढाउनको लागि आवश्यक नगद वा जिन्सी ऋण लिन वा अनुदान स्वीकार गर्न सक्नेछ । तर साधारण सभाको व्यवस्था भएपछि पनि नेपाल सरकारको स्वीकृति नलिई संस्थानले कुनै विदेशी एजेन्सीबाट ऋण लिन वा अनुदान स्वीकार गर्न हुँदैन ।