नियम ११
अनुपस्थित प्रतिवादीका तर्फबाट अरूले प्रमाण पेश गर्न सक्ने
कुनै मुद्दामा यस नियमावली बमोजिम जारी भएको म्यादमा प्रतिवादीले प्रतिउत्तर पेश गर्न नसकेको कुनै मनासिव कारण देखाइ निजका एकाघर परिवारको कुनै हकवाला वा अन्य कुनै व्यक्तिले सो म्याद भुक्तान भएको मितिले सात दिनभित्र निवेदकको दाबी खण्डन हुने कुनै प्रमाण पेश गरेमा न्यायाधिकरणले सो प्रमाण समेत बुझी मुद्दाको कारवाई र किनारा गर्नु पर्नेछ ।