नियम
परिभाषा
विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले बैंङ्क तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ सम्झनु पर्छ ।
(ख) “उजुरी निवेदन” भन्नाले ऐनको दफा १५ को उपदफा (१) बमोजिम बैङ्क वा वित्तीय संस्थाले न्यायाधिकरण समक्ष पेश गरेको उजुरी निवेदन सम्झनु पर्छ ।
(ग) “श्रेस्तेदार” भन्नाले नियम ३२ बमोजिम न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणको सामान्य प्रशासन सम्बन्धी काम गर्न नेपाल सरकारले तोकेको अधिकृत सम्झनु पर्छ ।