नियम १४
अनुपस्थित प्रतिवादीको तर्फबाट अरूले प्रमाण पेश गर्न सक्ने
ऐन बमोजिमको कुनै
मुद्दामा यस नियमावली बमोजिम म्याद जारी भएको प्रतिवादी नेपालबाहिर रही प्रतिउत्तर
पेश गर्न नसक्ने कुनै मनासिव कारण देखाइ निजको एकाघर परिवारको कुनै हकवाला वा
उक्त मुद्दामा प्रतिवादी सरह सरोकार राख्ने अन्य कुनै व्यक्ति वा निजको एजेण्टले सो
म्याद भुक्तान भएको मितिले पाँच दिनभित्र अभियोग खण्डन हुने कुनै प्रमाण पेश गरेमा
न्यायाधिकरणले सो प्रमाण बुझी मुद्दाको कारबाही र किनारा गर्नु पर्नेछ ।