दफा
अनुमति पाई सन्चालन भइरहेको ट्रेकिङ्ग एजेन्सीले इजाजत लिनु पर्ने
(१) यो ऐन प्रारम्भ हुनुभन्दा अघि नेपाल सरकारबाटअनुमति प्राप्त गरी ट्रेकिङ्ग एजेन्सी सन्चालन गरिरहेका व्यक्तिले पनि तोकिएको अवधिभित्र तोकिएको विवरण खुलाई यो ऐन बमोजिमको इजाजतपत्र लिनकोनिमित्त नेपाल सरकारसमक्ष दरखास्त दिनु पर्नेछ ।
(२) “उपदफा (१) ” बमोजिमको म्यादभित्र दरखास्त दिने व्यक्तिलाईनेपाल सरकारले ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र दिनेछ ।