नियम १७
अनुमतिपत्र दिने सम्बन्धमा

(१) नाप तौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्नु अघि त्यस्तो नाप तौल वा नाप्ने तौलने यन्त्र खरीद गरेको पैंतीस दिनभित्र निरीक्षक समक्ष निवेदन दिई ऐनको दफा २५ बमोजिम अनुमतिपत्र लिनु पर्नेछ ।
(२) उप–नियम (१) बमोजिम निवेदन प्राप्त भएपछि निरीक्षकले रु. ५।– दस्तूर लिई सम्बन्धित व्यापारी तथा व्यवसायीको नाम छुटृै रजिष्टर किताबमा दर्ता गरी अनुसूची–१० बमोजिमको अनुमतिपत्र दिनुपर्छ ।
(३) उपनियम (२) बमोजिम अनुमतिपत्र प्राप्त गर्ने व्यापारी वा व्यवसायीले नाप तौल वा नाप्ने तौलने यन्त्रमा टा“चा लगाउनु पर्ने म्यादभित्र आफ्नो व्यापार वा व्यवसाय छाडी सो नाप तौल वा नाप्ने तौलने यन्त्र अन्य कुनै व्यापार वा व्यवसाय गर्ने व्यक्तिलाई दिएमा सो प्राप्त गर्ने व्यापारी वा व्यवसायीले नियम ११ बमोजिम टाँचा लगाउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम अनुमति प्राप्त गर्ने व्यापारी वा व्यवसायीहरुले आफ्नो व्यापार तथा व्यवसाय छोड्दा त्यसको सूचना कार्यालयलाई दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम सूचना प्राप्त भएमा वा नियम ११ को उपनियम (१क) को म्यादभित्र पनि टा“चा नलगाएमा त्यस्ता व्यापारी वा व्यवसायीले उपनियम (२) बमोजिम प्राप्त गरेको अनुमतिपत्र रद्द हुनेछ ।