नियम २५
अनुमतिपत्र दिने
(१) अधिकार प्राप्त अधिकारीले संरक्षित वनबाट स्वीकृत कार्ययोजनाले निर्दिष्ट
गरेको तरिका र परिमाणमा वन पैदावार निकाल्ने अनुमति दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइने अनुमतिपत्रको ढाँचा अनुसूची–१० बमोजिम र वन
पैदावारको दस्तुर अनुसूची–२, अनुसूची–३ र अनुसूची–६ बमोजिम हुनेछ ।