नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले वन ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “महानिर्देशक” भन्नाले वन विभागको महानिर्देशक सम्झनु पर्छ ।
(ग) “निर्देशक” भन्नाले क्षेत्रीय वन कार्यालयको क्षेत्रीय वन निर्देशक सम्झनु पर्छ ।
(घ) “अधिकार प्राप्त अधिकारी” भन्नाले जिल्ला वन अधिकृत सम्झनु पर्छ र त्यस्तो
अधिकृत नियुक्त नभएको अवस्थामा नेपाल सरकारले तोकेको अधिकृत सम्झनु पर्छ ।
(ङ) “दाउरा” भन्नाले खयर बाहेक बल्लावल्लीको रुपमा वा चिरानको रुपमा जान नसक्ने
दुई फिट भन्दा कम लम्बाई र डेढ फिट भन्दा कम गोलाईको काठ सम्झनु पर्छ ।
(च) “निकाय” भन्नाले नेपाल सरकारले काठ, दाउराको संकलन, कटान, मुछान, घाटगद्दी
तथा बिक्री वितरणको व्यवस्थापन गर्न पाउने गरी अख्तियारी दिएको निकाय सम्झनु
पर्छ ।
(छ) “विधान” भन्नाले उपभोक्ता समूहको विधान सम्झनु पर्छ ।