दफा ८
अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नु पर्ने शर्तहरु
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, प्याकेजिङ्ग वा पुनः प्याकेजिङ्ग गर्दा देहाय बमोजिमका शर्तहरुको पालना गर्नु पर्नेछः-
(क) उत्पादन, भण्डारण, ओसारपसार, प्याकेजिङ्ग तथा पुनः प्याकेजिङ्ग सम्बन्धमा तोकिए बमोजिमका प्राविधिक शर्त र मापदण्ड पूरा गर्नु-पर्ने,
(ख) उत्पादन गर्दा भण्डारण वा ओसारपसारको क्रममा टुटफुट नहुने, चुहावट नहुने र राखिएको भाँडोबाट बाहिर नआउने गरी सुरक्षित र उपयुक्त बोतल, कन्टेनर वा प्याकेटमा बन्दी गरी“प्याकेजिङ्ग गर्नु पर्ने;
(ग) उत्पादन गर्दा बिक्री गरिने भाँडो, कन्टेनर वा प्याकेटमा प्रयोग विधि उल्लेख गर्नु पर्ने,
(घ) तोकिएकोभन्दा बढी परिमाणमा खुद्रा बिक्री गर्नु नहुने,
(ङ) खुद्रा बिक्री गरिने तेजाब वा अन्य घातक रासायनिक पदार्थ तोकिएको परिमाणभन्दा बढी -परिमाणमा प्याकेटमा राख वा सिलबन्दी नगरी बोटलिङ गर्न नहुने;
(च) खुद्रा.बिक्री गर्दा बिक्री गरिने “भाँडो, कन्टेनर वा प्याकेट तोकिए बमोजिमको गुणस्तर र आकारमा हुनु पर्ने,
(छ) भाँडोमा सजिलै खोल्न नसकिने गरी सुरक्षित तवरले शिलबन्दी गर्नु पर्ने,
(ज) आफूले उत्पादन, निकासी, पैठारी, बिक्री वितरण गरेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको मौज्दात तथा बिक्रीको विवरण, परिमाण, प्रकार र क्रेताको विवरण खुल्ने गरी अभिलेख राख्नु पर्ने,
(झ) तेजाब वा अन्य घातक रासायनिक पदार्थको खरिद, बिक्री तथा तत्सम्बन्धी कागजात र अभिलेख अच्चावधिक राख्नु पर्न,
(ज) तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्राविधिक विवरण खुल्ने गरी कागजात राख्नु पर्ने,
(ट) तेजाब वा अन्य घातक रासायनिक पदार्थको भण्डारण वा प्रयोग गर्दा बालबालिका वा मानसिक रुपमा अस्वस्थ्य व्यक्तिको पहुँचमा नहुने गरी सुरक्षित रुपमा गर्नु पर्ने,
(ठ) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन वा भण्डारण स्थलमा जोखिमयुक्त क्षेत्र भएको व्यहोराको चेतावनीमूलक सन्देश सार्वजनिक रुपमा राख्नु पर्ने,
(ड) तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री वितरण गर्दा खरिदकर्तालाई जुन प्रयोजनको लागि खरिद गरेको हो सोबाहेक अन्य प्रयोजनको लागि प्रयोग गरेमा कानून बमोजिम सजाय हुने कुराको जानकारी गराउनु पर्ने,
(ढ) तेजाब वा अन्य घातक रासायनिक पदार्थ निकासी गर्दा निकासी गर्ने स्थानसम्म सुरक्षित रुपमा पुच्याउनु पर्ने,
(ण) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, भण्डारण, निकासी, पैठारी, ओसारपसार वा बिक्री गर्दा प्रचलित कानून बमोजिम पालना गर्नु पर्ने गरी कुनै शर्त निर्धारण गरेकोमा त्यस्तो शर्तको पालना गर्नु पर्ने,
(त) तोकिए बमोजिमका अन्य-शर्तहरु ।
(२) उपदफा (१) को खण्डं (त) बमोजिम शर्त तोक्दा तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन;/निकासी, पैठारी, भण्डारण, ओसारपसार र बिक्रीको लागि फरक-फरक शर्त तोक्न/सकिनेछ।
(३) तेजाब वा अन्य घातक रासायनिक-पदार्थ राखिएको बोतल, कन्टेनर वा प्याकेटको आकार प्रकार तथा रङ्ग आम रुपमा प्रयोग गरिने पिउने पानी, दुध वा दुधजन्य पदार्थ, हल्का पेय पदार्थ, मदिराजन्य पदार्थको लागि प्रयोग गरिने आकार र प्रकारको भाँडो,/बोतल वा.प्याकमा राख र त्यस्तो पदार्थ जस्तो देखिने गरी प्याकेजिङ्ग गर्न पाइने छैन।
(४) तेजाब वा अन्य घातक रासायनिक पदार्थ भण्डारण वा ओसारपसार गर्दा चुहावट, आगलागी वा विष्फोट हुनबाट जोगाउन प्राविधिक रुपले आवश्यक पर्ने सुरक्षा व्यवस्थाको पालना गरी उपयुक्त र सुरक्षित रुपमा गर्नु पर्नेछ।
(५) तोकिएको खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ ओसारपसार गर्दा एक पटकमा तोकिएको परिमाणभन्दा बढी ओसारपसार गर्नु हुँदैन ।
(६) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, ओसारपसार, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न अनुमति लिने व्यक्ति वा फर्मले त्यस्तो कार्यमा संलग्न हुने व्यक्तिको तोकिए बमोजिम बिमा गराउनु पर्नेछ।