दफा ११क
अनुमतिपत्र लिनु पर्ने
११क.१ कुनै व्यक्ति वा संस्थाले बीउ बिजनको बिक्री वितरण सम्बन्धी कारोबार गर्न चाहेमा तोकिए बमोजिमको दस्तुर सहित तोकिएको अधिकारी समक्ष निवेदन दिई तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र लिनु पर्नेछ ।
११क.२ कसैले उपदफा ११क.१ बमोजिम अनुमति नलिई बीउ बिजन बिक्री वितरण गरेको पाइएमा त्यस्तो बीउ बिजन बाली निरीक्षकले जफत गर्नेछ ।
११क.३ उपदफा ११क.१ बमोजिम प्राप्त अनुमतिपत्र प्रत्येक वर्ष तोकिएको अधिकारी समक्ष निवेदन दिई तोकिए बमोजिमको दस्तुर लिई नवीकरण गराउनु पर्नेछ। अनुमतिपत्रको नवीकरण तथा खारेजी सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।