दफा ८
अनुमतिपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था
(१) अनुमतिपत्रको अवधि तीन वर्ष बहाल रहनेछ ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा नब्बे दिन अगावै अनुमतिपत्र नवीकरणका लागि तोकिए बमोजिमको दस्तुर सहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा तीस दिन अगाबै अनुमतिपत्र नवीकरणका लागि लाग्ने दस्तुरको दोब्बर दस्तुर सहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिन सकिनेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम नवीकरणका लागि निवेदन प्राप्त भएमा बोर्डले निवेदन प्राप्त भएको तीस दिनभित्र नवीकरण गरी त्यसको जानकारी अनुमतिपत्र प्राप्त संस्थालाई दिनु पर्नेछ ।
(५) यस दफा बमोजिम अनुमतिपत्र नवीकरण नभई अनुमतिपत्रको अवधि समाप्त भएमा त्यस्तो संस्थाको अनुमतिपत्र दफा ३५ को उपदफा (१) बमोजिम खारेज हुनेछ र त्यसको जानकारी सम्बन्धितलाई यथाशीघ्र दिनु पर्नेछ ।