नियम ५३क
अनुमतिपत्रको नामसारी

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले विभागको पूर्व स्वीकृति नलिई आफूले प्राप्त गरेको अनुमतिपत्र अन्य कसैको नाममा नामसारी गरी दिन सक्ने छैन ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले प्राप्त गरेको अनुमतिपत्र अरु कसैको नाममा नामसारी गर्न चाहेमा त्यसरी नामसारी गरी लिन चाहने व्यक्ति नियम ५ बमोजिमको योग्यता भएको प्रमाणसहित विभाग समक्ष नामसारीको लागि निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा विभागले त्यसरी नामसारी गरी लिन चाहने व्यक्तिको योग्यता नियम ५ बमोजिम भए नभएको आवश्यक जा“चबुझ गरी निवेदन प्राप्त भएको मितिले तीस दिनभित्र नामसारी गर्ने नगर्ने विषयमा निर्णय गरी
सक्नुपर्नेछ ।
(४) उपनियम (३) बमोजिम नामसारी गरी लिन चाहने व्यक्ति नियम ५ बमोजिम योग्य भै खनिज कार्य गर्न अनुमतिपत्र दिन विभागले उपयुक्त देखेमा अनुसूची–४ बमोजिमको दस्तुर लिई निजका नाममा अनुमतिपत्र नामसारी गरी दिन सक्नेछ ।
(५) अनुमतिपत्र प्राप्त व्यक्तिको मृत्यु भएमा वा अन्य कुनै कारणले निज अनुमतिपत्र जारी गर्दाका बखत अनुमतिपत्रमा तोकिएका शर्त वा ऐन वा यस नियमावलीको पालना गर्न असमर्थ भै निजका हकवालाले निजको हक सकार गर्न आफू सबैभन्दा नजिकको हकवाला हो भन्ने कुराको प्रमाणसमेत संलग्न राखी विभाग समक्ष निवेदन गरेमा विभागले आवश्यक जा“चबुझ गर्दा निज हकवाला नियम ५ बमोजिम योग्यता भएको देखिएमा अनुसूची–४ बमोजिमको नामसारी दस्तुर लिई निजको नाममा अनुमतिपत्र नामसारी गरी दिन सक्नेछ ।”
(६) उपनियम (५) बमोजिम अनुमतिपत्रको नामसारी गर्ने सन्दर्भमा विभागले जा“चबुझ गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिको हकवाला सम्बन्धमा कुनै मुद्दा परेको देखिएमा त्यस्तो मुद्दाको किनारा नभएसम्म त्यस्तो अनुमतिपत्र कसैको नाममा नामसारी हुन सक्ने छैन ।