दफा ३२
अनुसन्धान तथा कारबाही गर्ने
(१) यस ऐन बमोजिम कुनै कसूर भएको, भइरहेको वा हुन लागेको थाहा पाउने व्यक्तिले त्यस्तो कसूरको सम्बन्धमा आफूसँग भएको वा देखे जानेसम्मको सबुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित, मौखिक वा विद्युतीय माध्यमबाट सम्बन्धित अनुसन्धान अधिकृत वा नजिकको प्रहरी कार्यालय समक्ष यथाशीघ्र सूचना दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएमा सम्बन्धित अनुसन्धान अधिकृत वा प्रहरी कार्यालयले आपूपले अनुसन्धान गर्ने भएमा यथाशीघ्र अनुसन्धान प्रारम्भ गर्नु पर्नेछ र अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने भएमा यथाशीघ्र त्यस्तो निकाय वा अधिकारी समक्ष पठाउनु पर्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम सूचना प्राप्त भएमा वा सम्बन्धित अनुसन्धान अधिकृतले कुनै माध्यमबाट त्यस्तो सूचना बा जानकारी: पाएमा यस ऐन बमोजिम अनुसन्धान गरी कारबाही अघि बढाउनु पर्नेछ।