दफा ५
अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्ने
(१) अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिले समितिको सिफारिसमा
मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको योगदान कोषमा जम्मा गरी
सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्नेछ ।
(२) अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेको व्यक्तिलाई सामाजिक सुरक्षा
योजनामा प्रोत्साहन गर्न त्यस्तो व्यक्तिले सामाजिक सुरक्षा योजनामा गरेको योगदानको आधारमा तोकिए
बमोजिमको रकम नेपाल सरकारले कोषमा जम्मा गरिदिनेछ ।
(३) कोषले अनौपचारिक क्षेत्रको श्रमिक तथा स्वरोजगारमा रहेकोव्यक्तिलाई सामाजिक सुरक्षा
योजनामा सहभागी गराउनेप्रयोजनको लागि सहकारी संस्था वा संघ, सामुदायिक वा अन्य व्यावसायिक
संघ संस्थासँग सहकार्य गर्न सक्नेछ ।
(४) कोषले अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षाको
लागि तोकिए बमोजिमका सामाजिक सुरक्षा योजना सञ्चालन गर्न सक्नेछ ।