नियम ४६
अन्तरकालीन आदेश दिन सक्ने
: (१) अदालतमा विचाराधीन रहेको कुनै मुद्दाको सन्दर्भमा मुद्दाको अन्तिम किनारा नभएसम्म कुनै कुरा रोक्नु वा जारी राख्नु आवश्यक छ भनी कारण सहित मुद्दाको कुनै पक्षले नियम ६ बमोजिम निवेदन दिएकोमा अदालतलाई निवेदनको व्यहोरा मनासिब लागेमा मुद्दा जुनसुकै अवस्थामा पुगेको भए तापनि अदालतले कुनै निश्चित समयको लागि कुनै काम रोक्नु वा भइरहेका काम अबधि किटान गरी वा नगरी जारी राख्नु भनी मुद्वाका कुनै पक्षका नाममा ऐनको दफा १५३ को खण्ड (ङ) बमोजिमको आदेश जारी गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम भएको आदेशमा चित्त नबुझ्ने पक्षले त्यस्तो आदेश बदर गर्न आधार र्‌/कारण. सहित अदालतमा निवेदन दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन परेकोमा अदालतले दुवै पक्षको सुनुवाई गरी त्यस्तो आदेश बदर गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्नु पर्नेछ र त्यस्तो निर्णयमा चित्त नबुझ्ने पक्षले सर्वोच्च अदालतमा निवेदन दिन सक्नेछ।