नियम
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “अदालत” भन्नाले श्रम ऐन, २०७४ को दफा १५१ बमोजिम गठन भएको श्रम अदालत सम्झनु पर्छ।
(ख) “अध्यक्ष” भन्नाले अदालतको अध्यक्ष सम्झनु पर्छ।
(ग) इजलास” भन्नाले . अदालतको इजलास सम्झनु पर्छ।
(घ) उजुरी” भन्नाले नियम ३ बमोजिम अदालतमा दिइने उजुरी सम्झनु पर्छ र्‌ सो शब्दले सोही प्रकृतिको निवेदनलाई समेत जनाउँछ।
(ङ) ऐन” भन्नाले श्रम ऐन, २०७४ सम्झनु पर्छ।
(च) "पुनरावेदन" भन्नाले नियम ७ बमोजिम अदालतमा दिइएको पुनरावेदन सम्झनु पर्छ।
(छ) “मुद्दा” भन्नाले अदालतमा परेको उजुरी वा पुनरावेदन सम्झनु पर्छ।
(ज) "मेलमिलापकर्ता" भन्नाले नियम ३१ बमोजिम मेलमिलापकर्ताको रुपमा सूचीकृत व्यक्ति वा संस्था सम्झनु पर्छ।
(झ) "रजिष्ट्रार भन्नाले अदालतको रजिस्ट्रार सम्झनु पर्छ।
(ज) "वैतनिक कानून व्यवसायी" भन्नाले नियम ५६ बमोजिम नियुक्त भएको कानून व्यवसायी सम्झनु पर्छ।
(ट) “सदस्य” भन्नाले अदालतको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्षलाई समेत जनाउँछ।