नियम ४६
अन्तरिम आदेश जारी गर्न सक्ने
: (१) कर्जा असुली न्यायाधिकरणले आफ्नो विचाराधीन रहेको कुनै मुद्दाका सम्बन्धमा कर्जा लिनका लागि राखिएको धितो वा क्रह्रणीको जमानत दिने व्यक्तिको स्वामित्व वा कब्जामा रहेको वा हक भएको चल बा अचल सम्पत्ति हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने: गरी रोक्का राख्न आवश्यक छ भन्ने कुरा पक्षको उजुरी निवदेनको आधारमा लागेमा अर्को आदेश नदिएसम्म त्यस्तो सम्पत्ति रोक्का राख्न सम्बन्धित कार्यालयको नाममा अन्तरिम आदेश जारी गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको आदेशको पालना गर्नु सम्बन्धित कार्यालयको कर्तव्य हुनेछ ।