दफा ११
अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध
(१) बैंकले आफनो अधिकारक्षेत्रभित्र रहेका मौद्रिक नीति, विदेशी विनिमय नीति, शोधनान्तर, बैंक सुपरिवेक्षण तथा अन्य सम्बन्धित विषयहरुका सम्बन्धमा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुमा नेपाल …………… को प्रतिनिधित्व गर्नेछ । (२) बैंकले विदेशी सरकार, विदेशी केन्द्रीय बैंक, विदेशी बैंक तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई बैकिड्ड तथा भुक्तानी सेवा उपलब्ध गराउने र आफूले पनि तिनीहरुबाट त्यस्तै सुबिधा प्राप्त गर्न सक्नेछ । (३) अन्तर्राष्ट्रिय मौद्रिक सहयोगको माध्यमबाट वित्तीय तथा आर्थिक स्थायित्व प्राप्त गर्न कार्यरत अन्तर्राष्ट्रिय संघ, संस्थामा बैंकले भाग लिनेछ । (४) बैंकले नेपाल ………. को प्रतिनिधिको हैसियतले अन्तर्राष्ट्रिय संघ, संस्थामा भाग लिंदा आफनो मुलुकको तर्फबाट बहन गर्नुपर्ने उत्तरदायित्व र सम्पन्न गर्नुपर्ने कार्यको जिम्मेवारी लिनेछ ।