दफा ३८
गोपनीयता
(१) गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक वा बैंकका कर्मचारी, सल्लाहकार, लेखापरीक्षक, एजेन्ट वा प्रतिनिधिले देहायको काम कुरा गर्न पाउने छैनः– (क)पदीय रुपमा काम गर्दा प्राप्त हुन आएको कुनै प्रकाशित वा अप्रकाशित गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सो को भेद खोल्न, वा (ख)त्यस्तो जानकारी वा सूचना निजी लाभको लागि प्रयोग गर्न । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैंकले तोकिदिएको प्रकृया अनुरुप आफुले थाहा पाएको प्रकाशित वा अप्रकाशित सूचना देहायको अवस्थामा प्रकाशमा ल्याउन सक्नेछः– (क)सार्वजनिक रुपमा आफनोे कर्तव्य पालना गर्दा, कानून कार्यान्वयन गर्ने निकायलाई सहयोग गर्दा, अदालतको आदेशले वा सक्षम अधिकारीको आदेशको कारणबाट त्यस्तो सूचना प्रकाशमा ल्याएकोमा, (ख)आफनोे कर्तव्य पालनाको सिलसिलामा बैंकको बाह्य लेखा परीक्षक, तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका कर्मचारीहरुलाई त्यस्तो सूचना दिएकोमा, र (ग)कानूनी कारबाहीको सिलसिलामा बैंकको हितको लागी त्यस्तो सूचना प्रकाश  गरेमा ।