दफा २८
अन्तर्वार्ता समिति गठन
(१) आयोगले सङ्घीय निजामती सेवाको रिक्त पदमा पदपूर्तिको लागि उम्मेदवारको छनौट गर्न तोकिए बमोजिम अन्तर्वार्ताःसमिति गठन गर्नेछ ।

(२) उपदफा (१) बमोजिम अन्तर्वार्ता समिति गठन गर्दा केन्द्रीय कार्यालयको हकमा अध्यक्ष वा निजले तोकेको सदस्यको अध्यक्षतामा गठन गरिनेछ ।

(३)-उपदफा (१) बमोजिमको अन्तर्वार्ता समिति गठन गर्दा अन्तर्वार्ता समितिमा सम्बन्धित क्षेत्रमा तोकिए बमोजिमको योग्यता भएकोकम्तीमा एक जना विषय विज्ञ रहने गरी गठन गर्नु पर्नेछ ।