नियम २२
अन्तर्वार्ताको अङ्क
अन्तर्वार्ताको लागि छुट्याइएको पच्चीस अङ्क देहाय बमोजिम दिइनेछः
(क) अनुभव वापत सोही तहको अस्थायी वा राहत अनुदान कोटा अन्र्तगतको शिक्षकको रुपमा काम गरे वापत प्रत्येक वर्षको शून्य दशमलव पाँच अङ्कका दरले बढीमा पाँच अङ्ग,
तर आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवामा अस्थायी वा राहत अनुदान कोटा अन्र्तगतको शिक्षकको रुपमा काम गरे वापतको अङ्क दिइने छैन ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “राहत अनुदान कोटा अन्र्तगतको शिक्षक” भन्नाले नेपाल सरकारले विद्यालयलाई उपलब्ध गराएको राहत अनुदान कोटा अन्तर्गत नियुक्त भएको शिक्षक सम्झनु पर्छ ।
(ख) - शैक्षिक योग्यता बापत सेवा प्रवेशको लागि तोकिएको शैक्षिक योग्यताको प्रथम श्रेणी भए तीन र द्वितीय श्रेणी भए दुई अङ्क र सेवा प्रवेशको लागि तोकिएको शैक्षिक योग्यता भन्दा एक तह माथिल्लो शैक्षिक योग्यताको प्रथम श्रेणी भए दुई र द्वितीय श्रेणी भए एक अङ्क,
(ग) अन्तर्वार्ता वापत बढीमा पन्ध्र अङ्क,
तर अन्तर्वार्ताको अङ्क दिंदा कुनै उम्मेदवारलाई ७० प्रतिशत भन्दा बढी र ३५ प्रतिशत भन्दा कम दिनु पर्ने भएमा त्यस्तो नम्बर दिनु पर्ने स्पष्ट कारण खुलाउनु पर्नेछ ।