दफा ६
अन्य आर्थिक दायित्व व्यहोर्नमा प्रतिबन्ध
(१) दुलहाको पढाईमा लागेको वा लाग्ने खर्च वा निजलाई व्यापार वा व्यवसायमा लगाउन चाहिने पूँजी वा दुलहातर्फको विवाह खर्च दुलही पक्षबाट लिन हुँदैन ।
(२) जन्त लग्दा लागेको बाटो खर्च तथा खाना खर्च दुलही पक्षले व्यहोर्न वा सो पक्षले व्यहोराउन हुँदैन ।
(३) जन्त जानेहरुलाई कुनै किसिमको नगद जिन्सी उपहार दिन हुँदैन ।
तर, जन्तसाथ जाने भरियाहरुलाई नगदी वा जिन्सी ज्याला दिन बाधा पर्ने छैन ।
(४) उपदफा (१) वा (२) उल्लंघन गर्नेलाई बिगो जफत गरी बीस हजारदेखि चालीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।
(५) उपदफा (३) उल्लंघन गर्नेलाई बीस हजारदेखि चालीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद हुनेछ ।