नियम १३
अन्य कर्मचारीको काम, कर्तव्य र अधिकार
महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकील बाहेकका अन्य अधिकृत तथा कर्मचारीहरुले तोकिएको दैनिक प्रशासनिक काम कारबाहीका अतिरिक्त मुद्दा मामिलाको बहस पैरवी प्रतिरक्षा लगायत अन्य काम कुरामा तोकिएको सरकारी वकीललाई सहयोग गर्नु निजहरुको कर्तव्य हुनेछ ।