नियम
बिदा
(१) विभागको प्रमुखको महान्यायाधिवक्ताले र महान्यायाधिवक्ताको कार्यालयका आफ्नो विभाग अन्तर्गतका कर्मचारी तथा पुनरावेदन सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ताको सम्बन्धित विभागको प्रमुखले बिदा स्वीकृत गर्न सक्नेछ ।
(२) पुनरावेदन सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताले आफ्नो क्षेत्रभित्रका सरकारी वकील, अधिकृत र अन्य कर्मचारीको बिदा स्वीकृत गर्न सक्नेछ ।
(३) जिल्ला सरकारी वकील कार्यालयको जिल्लान्यायाधिवक्ताले आफ्नो कार्यालयको सरकारी वकील र अन्य कर्मचारीको बिदा स्वीकृत गर्न सक्नेछ ।
(४) भैपरी आउने बिदा र पर्व बिदा कामको व्यवस्था मिलाई सम्बन्धित पुनरावेदन सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता र जिल्ला सरकारी वकील कार्यालयका जिल्लान्यायाधिवक्ता स्वयंले लिन सक्नेछ ।
(५) बडा दशैंको बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरणको प्रयोजनको लागि अदालत खुल्ला भएको अवधिमा खटिएको सरकारी वकीललाई सो अवधिको लागि निजले खाईपाई आएको तलब भत्ताको अतिरिक्त सो बराबरको अतिरिक्त रकम समेत प्रदान गरिनेछ ।
(६) यस नियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम नेपाल सरकारबाट स्वीकृत हुनु पर्ने बिदाको हकमा सोहीबमोजिम हुनेछ ।