नियम ४४
अन्य खनिज पदार्थ पत्ता लागेमा पुन अनुमतिपत्र लिनु पर्ने

(१) खोजतलास कार्य वा उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा अनुमतिपत्रमा उल्लेखित खनिज पदार्थ बाहेक अन्य खनिज पदार्थ पत्ता लागेमा सोको जानकारी तीस दिन भित्र विभागलाई दिनु पर्नेछ र निजलाई त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न प्राथमिकताको आधारमा अनुमतिपत्र दिईनेछ ।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्रमा उल्लिखित खनिज पदार्थ बाहेक अन्य खनिज पदार्थ पत्ता लगाउने अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न चाहेमा विभागलाई जानकारी दिएको मितिले तीस दिन भित्र आवश्यकता अनुसार नियम ६, ७, १४ र १५ बमोजिमको प्रक्रिया पूरा गरी खोजतलास कार्य वा उत्खनन् कार्य गर्ने अनुमतिपत्र लिनु पर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि अनुमतिपत्र प्राप्त व्यक्तिलाई देहायका अवस्थामा त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्ने अनुमतिपत्र दिईने छैनः–
(क) खनिज पदार्थ पत्ता लागेको तीस दिन भित्र जानकारी नदिएमा ।
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्न असमर्थता देखाएमा ।
(४) उपनियम (१) बमोजिम प्रथमिकता प्राप्त व्यक्तिले खनिज कार्य गर्न अनुमतिपत्र नलिएमा विभागले अन्य कुनै व्यक्तिलाई त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न अनुमतिपत्र दिन सक्नेछ ।