नियम ३४
अन्य दस्तुर
अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत सेवा उपलब्ध गराए वापत त्यस्तो सेवा उपलब्ध गर्ने व्यक्तिसँग विद्युत महसुलको अतिरिक्त ऐनको दफा १६ को उपदफा (२) बमोजिम देहायको सेवा वापत अन्य दस्तुर असूल उपर गर्न सक्नेछ ः–
(क) विद्युत लाइन जडान गर्दा,
(ख) एक ठाउँबाट अर्को ठाउँमा उर्जा मापक यन्त्र सार्दा,
(ग) एक पटक जडान भएको विद्युत लाइन काटी पुन विद्युत लाईन जडान गर्दा,
(घ) उर्जामापक यन्त्र रहेको बाकस भित्रको फ्यूज बदल्दा,
(ङ) सिल टुटेकोमा नयाँ सिल लगाउँदा,
(च) ग्राहकको नामसारी गर्दा,
(छ) उर्जामापक यन्त्र जाँच गर्दा,
(ज) ग्राहक कार्ड उपलब्ध गराउँदा ।