दफा १७
अन्य प्रशिक्षण कार्यक्रमको मूल्याड्ढन
: (१) प्रतिष्ठानले नेपाल सरकारको प्रशासन र संस्थानहरुको व्यवस्थापन क्षेत्रमा संचालन भइरहेको अन्य प्रशिक्षण कार्यक्रमहरुको समय समयमा मूल्याड्ढन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गरिएका मूल्याड्ढनको आधारमा प्रतिष्ठानले आफनो प्रशिक्षण कार्यक्रममा आवश्यकतानुसार संशोधन वा परिवर्तन गर्न सक्नेछ र अन्य प्रशिक्षणको हकमा त्यसरी संशोधन वा परिवर्तन गर्न परिषद्मार्फत नेपाल सरकारलाई सुझाव दिन सक्नेछ ।