नियम १४
अन्य वन पैदावारको बिक्री वितरण
(१) काठ, दाउरा, खयर र जडिबुटी बाहेक अनुसूची–६ मा उल्लेखित वन पैदावार प्रयोग गर्न चाहनेले अधिकार प्राप्त अधिकारीे समक्ष निवेदन दिनु पर्नेछ ।(२) उपनियम (१) बमोजिम काठ, दाउरा, खयर र जडिबुटी बाहेक अन्य वन पैदावार लिन
निवेदन परेमा अधिकार प्राप्त अधिकारीले अनुसूची–६ बमोजिमको दस्तुर लिई त्यस्तो वन पैदावार बिक्री वितरण गर्न सक्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले काठ, दाउरा, खयर र जडिबुटी बाहेकका अन्य वन पैदावार बिक्री वितरण बोलकबोल प्रथाद्वारा गरी सबैभन्दा बढी दस्तुर कबोल गर्ने व्यक्तिलाई दिन सक्नेछ ।