नियम १७
अन्य सरकारी वकीलले गर्न सक्ने
(१) कुनै सरकारी वकील कार्यालयमा कुनै सरकारीवकील अनुपस्थित रहेको वा निजको पद रिक्त रहेको अवस्थामा यस नियमावलीबमोजिम त्यस्तो सरकारी वकीलले गर्नु पर्ने काम सो कार्यालयमा उपस्थित रहेको कुनै पनि सरकारी वकीलले गर्न सक्नेछ ।
(२) मातहत कार्यालयको कुनै सरकारी वकील अनुपस्थित रहेको वा निजको पद रिक्त रहेको अवस्थामा यस नियमावलीबमोजिम त्यस्तो सरकारी वकीलले गर्नु पर्ने काम तालुक कार्यालयको कुनै पनि तहको सरकारी वकीलले गर्न सक्नेछ ।
(३) उपनियम (२) मा लेखिएदेखि बाहेक कुनै सरकारी वकील कार्यालयमा कुनै सरकारी वकील अनुपस्थित रहेको वा निजको पद रिक्त रहेको अवस्थामा यस नियमावलीबमोजिम त्यस्तो सरकारी वकीलले गर्नु पर्ने काम अर्को कार्यालयका सरकारी वकीलले गर्नु पर्ने गरी महान्यायाधिवक्ताले वा आफ्नो क्षेत्रभित्र सम्बन्धित सहन्यायाधिवक्ताले तोक्न सक्नेछ ।