दफा २८
अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्था सम्बन्धी व्यवस्था
: (१) वैदेशिक रोजगारमा जाने कामदारलाई अभिमुखीकरण तालिम प्रदान गर्न चाहनेसंस्थाले त्यस्तो अभिमुखीकरण तालिम सञ्चालन गर्ने अनुमतिको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त हुन आएको निवेदन विभागले बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त निवेदनउपर आवश्यक जाँचबुझ गर्दा अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाको पूर्वाधार, जनशक्ति लगायत अन्य श्रोत साधन पर्याप्त देखिएमा बोर्डले निवेदकलाई वैदेशिक रोजगारमा जाने कामदारलाई दिने अभिमुखीकरण तालिम सञ्चालन गर्ने अनुमति पत्र प्रदान गर्न विभाग समक्ष लेखि पठाउनेछ ।
(४) उपदफा (३) बमोजिम अनुमतिपत्र प्रदान गर्न लेखि आएमा विभागले तोकिए बमोजिमको धरौटी तथा अनुमति पत्र दस्तुर लिई निवेदकलाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने अनुमति पत्र दिनु पर्नेछ ।
(५) यो ऐन प्रारम्भ हुँदाका बखत अनुमति पाई तालिम सञ्चालन गरिरहेका संस्थाले यस दफा बमोजिमको मापदण्ड र शर्त पूरा गरेमा विभागले नवीकरण गरिदिनु पर्नेछ ।
(६) यस दफा बमोजिम अभिमुखीकरण तालिम सञ्चालन गर्न संस्थालाई दिइएको अनुमति पत्रकोनवीकरण, नवीकरण दस्तुर र अनुमतिपत्र रद्द सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।