नियम १२
अभियोगपत्र तथा प्रमाणको प्रतिलिपि दिनु पर्ने
: १) कसूरजन्य कार्यको आरोप लागेको बालबालिका विरुद्ध अभियोगपत्र दायर भए पछि बाल अदालतले त्यस्तो अभियोगपत्र तथा तत्सम्बन्धी लिखत प्रमाणको एक एक प्रति बालबालिकाको बानु, आमा वा परिवारको सदस्य बा संरक्षकलाई तुरुन्त दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको अभियोगपत्र तथा तत्सम्बन्धी प्रमाणका प्रतिलिपि बालबालिकाको बाबु, आमा, परिवारको सदस्य वा संरक्षक आफैँ बाल अदालतमा उपस्थित भई बुझन सक्नेछन्‌ ।

(३) उपनियम (१) बमोजिम अभियोगपत्र तथा तत्सम्बन्धी प्रमाणको प्रतिलिपि दिनको लागि बालबालिकाको बाब, आमा वा परिवारको सदस्य वा संरक्षक नभेटिएमा वा निजहरूले त्यस्तो प्रतिलिपि बुझन नचाहेमा त्यस्तो प्रतिलिपि वालवालिकाको कानून व्यवसायीलाई उपलब्ध गराउनु पर्नेछ ।