नियम १४
अभिलेख अद्यावधिक गर्नुपर्ने
कोषले निवृत्तभरण प्राप्त गरिरहेको कर्मचारीको _देहाय-बमोजिमको विवरण अद्यावधिक गरी राख्नु पर्नेछः न

(क) निवृत्तभरण पाउने व्यक्तिको नाम, थर,

(ख) सेवा निवृत्त भएको कार्यालय र पद,

(ग) निवृत्तभरण पाउन प्रारम्भ गरेको मिति र मासिक निवृत्तभरण रकम, (घ) इच्छाइएको व्यक्तिको नाम, थर र्‌ ठेगाना तथा कर्मचारीसँगको निजको नाता,

(ङ) निवृत्तभरण पाउने बैङ्कको नाम, ठेगाना र खाता नं.,

(च) निवृत्तभरणमा भएको वृद्धि र पटक,

(छ) पारिवारिक निवृत्तभरण पाइरहेको भए त्यस्तो निवृत्तभरण _पाउने व्यक्तिको नाम, थर र निवृत्तभरणको रकम,

(ज) अन्य आवश्यक विवरण ।