नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क) "ऐन" भन्नाले निवृत्तभरण कोष ऐन, २०७५ सम्झनु पर्छ।

(ख) "तलब" भन्नाले कर्मचारीले सेवा गरे बापत सेवाको शर्त अनुसार निज बहाल रहेको पदको लागि तोकिएको शुरु तलब र त्यसमा नियम अनुसार पाउने वार्षिक वृद्धि (ग्रेड| रकम जोड्दा कायम हुन आउने रकम सम्झनु पर्छ।

(ग) "निवृत्तभरण पाउने व्यक्ति" भन्नाले ऐन तथा अन्य प्रचलित कानून बमोजिम निवृत्तभरण वा पारिवारिक निवृत्तभरण पाउने निवृत्तभरण अधिकारपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ।