नियम ४४
अयोग्यता सम्बन्धी उजूरी
ऐन तथा यस नियमावली बमोजिम राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित कुनै व्यक्ति सो पदको लागि अयोग्य रहेको भनी त्यस्तो पदमा उम्मेदवारी दिएको कुनै व्यक्तिले निर्वाचन परिणाम घोषणा भएको पैंतीस दिनभित्र आफैले वा वारिस मार्फत अदालतमा उजूरी दिन सक्नेछ ।